सिन्धुलीमा संक्रमित वृद्धाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १४:४१:२७
२० वैशाख, सिन्धुली । यहाँ कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए । “बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए”, उनले भने ।
कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय संक्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार