कैलालीका पत्रकारमा कोरोना संक्रमण बढ्दै
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १७:११:४७
२० बैशाख, कैलाली । कैलालीका पत्रकारमा कोरोना संक्रमण बढ्दै गएको छ । हालसम्म नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीलगायत ११ पत्रकारमा भाइरस संक्रमण देखिएको हो । संक्रमण देखिएका पत्रकारहरूमध्ये प्रायः होम आइसोलेशनमा बसेको पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले जानकारी दिए । उनले कोरोना संक्रमणको बेला सचेत रहेर सूचना स्रोता पाठकमाझ पु¥याउनुपर्ने बताए ।
एघार पत्रकारमा सङ्क्रमण देखिएपछि अन्य पत्रकारलाई सचेत भएर समाचार सङ्कलन गर्न तथा सङ्क्रमित पत्रकारको उपचारमा ध्यान दिन सरोकार निकायलाई पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आग्रह गरे। अध्यक्ष रावलले हरेक अप्ठ्यारो परिस्थितिमा जनतामाझ सत्यतथ्य समाचार पु¥याउनु पत्रकारिताको धर्म भए पनि सुरक्षित भएर धर्म निर्वाह गर्नुपर्ने बताए ।
कोरोनाबाट संक्रमित कैलालीका पत्रकार तेज भट्टले कोरोनालाई लापरबाही ढङ्गले नबुझ्न र सरकारले पालना गर्न सुझाव दिएका सुरक्षाका उपाय अपनाउन आग्रह गरे । यस्तो अवस्थामा सकभर थलामा नगई बहुप्रविधिको प्रयोग गरेर सूचना सङ्कलन गर्नुपर्ने उहाँको सुझाव छ ।
कैलालीमा सङ्क्रमित पत्रकारहरू बढेकामा पत्रकार सम्बद्ध सङ्गठनले पनि चिन्ता व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल कैलालीका संयोजक भानुभक्त आचार्यले अहिलेको विषम परिस्थितिमा नागरिकको स्वास्थ्यमा ध्यान दिनु नै राज्यको अभिभावकमय दायित्व भएको र राज्यले सक्दो प्रयास गरिरहेको भए पनि जनतालाई सुसूचित गर्ने पत्रकारको स्वास्थ्य सुधारका लागि विशेष ध्यान दिनुपर्ने बताए । नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले छिटोभन्दा छिटो संक्रमित पत्रकारका उपचारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गरे । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार