गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २३:१:४३
२० वैशाख,गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् ।
आफूलगायतको टोलीले आइसोलेशन निर्माणका लागि आज यहाँ स्थलगत अनुगमन गर्दै उनले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिए ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गेटामा २००० क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाउने कार्य तत्काल शुरु गरिने जानकारी दिए । प्रजिअ रिजालका अनुसार एक हप्ताभित्रै कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइनेछ । डिसिसिएमसी कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सो कार्य अघि बढाइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार