मोरङमा कोरोना संक्रमणबाट पाँचको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार २२:३३:५३
२१ वैशाख,मोरङ । कोरोना संक्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।
प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताए ।
बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार