कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ बुधबार २:२५:६
२१ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।
बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए। विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आउनुभएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार