कोरोना संक्रमितलाई घरमै पुगेर जाँच गर्छन् स्वास्थ्यकर्मी
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १९:४५:८
२३ वैशाख,बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।
जिल्लामा बुधबारसम्म १०८ कोरोना संक्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् । बाँकी सबै होमआइसोलेशनमा र केही संक्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको छ ।
हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो । सो गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको हो ।
गाउँपालिकामा पुगेको चिकित्सक टोलीले कोरोना संक्रमितलाई उपचारसँगै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस संक्रमणबाट बेला एक जना पनि संक्रमित भेटिएका थिएनन् । अहिले दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना संक्रमित रहेका छन् ।
स्वास्थ्यकर्मीले कोरोना संक्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भए पनि बुझ्ने गरेको बताए । फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको जाँच र उपचार गरिरहेका बताए । जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ । संक्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन प्रजिअ अधिकारीले आग्रह गरे । जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन श्यया छन् । जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू श्यया रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
असार ४, २०८१ मंगलबार
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
इंग्ल्यान्ड वा दक्षिण अफ्रिका, सेमिफाइनलमा कोसँग भिड्छ भारतीय टीम ?
असार १०, २०८१ सोमबार
कोसी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुने
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार