प्रदेश २ मा ४१७ अस्थायी दरबन्दी थप
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १९:५३:६
२३ वैशाख,सर्लाही । प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागि ३२÷३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कोरोना संक्रमण व्यवस्थापनका लागि सर्लाहीका फोकल पर्सन रामनरेश रायले जानकारी दिए ।
कोरोना संक्रमण न्यूनीकरणका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी न्यूनीकरण गर्न भन्दै प्रदेश सरकारका मन्त्रीलाई फोकल पर्सन बनाउँदै जिल्लाको जिम्मेवारी निर्धारण गरेको छ । सर्लाही र रौतहटका लागि उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको हो । जिम्मेवारी तोकिएका मन्त्री सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर खटिने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार