एकैदिन १९ जनामा संक्रमण पुष्टि, गाउँ नै शिल
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १९:५६:६
वालिङ, २३ बैशाख । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा संक्रमण पुष्टि भएको हो ।
वालिङस्थित गहाैँ प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । २५ जनाको परीक्षण गर्दा १९ जनामा एकैदिन संक्रमण पुष्टि भएको उनले बताए । “बाक्लो बस्ती रहेको गाउँमा एकसाता अघि चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लगायतका समस्याहरु देखिएपछि परीक्षण ग¥यौं” नगर प्रमुख खाँणले भने, “परीक्षणका क्रममा ठूलो संख्यामा संक्रमितहरु रहेको पुष्टि भयो ।”
अस्पतालमा गरिएको नमूना परीक्षणमा सातमा सातै जना सङ्क्रमित देखिएपछि नगरपालिका तथा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । “संक्रमितसहित परिवारहरुमा पनि सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौं” नगर प्रमुख खाँणले भने, “त्रसित नहुन र नआत्तिन अनुरोधसहित आवश्यक परामर्श दिएका छौं भने संक्रमित तथा परिवारका सदस्यहरुलाई आवश्यक औषधिसमेत वितरण गरेका छौं ।”
गाउँभरी संक्रमित देखिएपछि तत्कालकालागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी शिल गरिएको नगर प्रमुख खाँणले बताए । विशेष गरी ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरुमा समस्या बढी हुन सक्ने भएकाले समस्या पर्नासाथ नगरपालिका वा अस्पतालमा सम्पर्क गर्न उपप्रमुख कल्पना तिवारीले आग्रह गरे । उनले वालिङका नागरिकहरुको स्वास्थ्यप्रति नगरपालिका २४ सै घण्टा सजग र सचेत रहेको बताउदै समस्या पर्नासाथै जुनसुकै बेला पनि सम्पर्क गर्न आग्रह गरे ।
उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्ममा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । संक्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना रहेका छन् । संक्रमित हुनेमा ७७, ६८, ६०, ५९, ५८, ५५, ३६, ३५, २८, २५ २३ २२, २० र १७ वर्षका महिला छन् भने ५८, ३७, ३३, २२ र ९ वर्षका पुरुष रहेका शाखा प्रमुख पाण्डेले बताए ।
गाउँमै पुगेर आवश्यक औषधिहरु वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाले गह«ौं प्राथमिक अस्पतालको अक्सिजनसहितको आईसोलेसनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले बताए । बुधबारमात्रै अस्पतालमा गरिएको परीक्षणमा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार