सुदूरमा संक्रमणदर बढदा व्यवस्थापनमा असहज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २०:१४:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/coronavirus_FRiLSrQ5Ag.jpg)
२३ वैशाख,सुदूरपश्चिम । मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन ।
प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ । समुदायमा दैनिक संक्रमण र मृत्युदर बढेको छ । संक्रमण हुनेदर बढेसँगै प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढी अन्तर्गतको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ ।
अस्पतालमा पर्याप्त जनशक्तिसाथै शय्या र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो । बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्राङ्गणमासमेत शङ्कास्पद संक्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । कोरोनाजस्तो लक्षण देखिएका जटिल प्रकृतिका बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिएको छ । कतिपयलाई आकस्मिक कक्ष नजिकैको ग्यालरीमा र कतिपयलाई प्राङ्गणमा राखेर उपचार गर्नु परेको श्रेष्ठले बताए ।
नमूना परीक्षणको नतिजा आइनसक्दै कोरोनाजस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पताललाई बिरामी थेग्नै मुस्किल भएको छ । प्रयोगशालामा जनशक्ति न्यून हुँदा नमूना परीक्षण दैनिक बढीमा ५०० हाराहारीमा हुने गरेको छ भने परीक्षण कार्य र नतिजा आउन ढिलाई हुने गरेको छ । अस्पतालका दुई वटा पिसिआर मेसिन मध्ये एउटा मात्र सञ्चालनमा रहेको छ ।
धनगढीको चटकपुरमा रहेको निजी क्षेत्रको सिपी अस्पतालका डा।सिपी पाण्डेय बुधवार बिहान बिरामीका आफन्तलाई कतैवाट सिलिण्डर सहितको अक्सिजन उपलब्ध हुन सके उपचार व्यवस्थापन सहज हुने आग्रह गर्दै थिए । संक्रमितका आफन्तलाई उनले भने, ‘‘सक्नुहुन्छ भने संक्रमितलाई सुविधा सम्पन्न ठाउँमा उपचार गराउन लैजानुस्, नसके अस्पतालमा अक्सिजन उपलब्ध गराउनुस, अवस्था जटिल भइसक्यो ।’’
कोभिड अस्थायी अस्पताल भरिभराउ हुँदा पछिल्ला दिनमा धनगढी र आसपसका कतिपय निजी अस्पतालमा समेत कोभिड वार्ड सेवा थालिएको छ । तर यी अस्पतालमा संक्रमितको सहज उपचार व्यवस्थापनमा समस्या भइरहेको छ । यतिवेला समुदायका कतिपय घर परिवारका सदस्यहरु रुघा खोकी, ज्वरो आउने, टाउको दुःख्ने जस्ता रोगको लक्षणले ग्रसित भइरहेका छन् । यस्तो लक्षण भएका धेरैले परीक्षणको व्यवस्था सहज नहुँदा नमूना परीक्षण गराउन सकिरहेका छैनन् । नतिजा पोजेटिभ आइहालेमा मनोबल झन खस्किन सक्ने भन्दै अन्य कतिपय यस्ता बिरामी नमूना परीक्षण गराउन डराउन नै थालेका छन् ।
सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो हप्तामा छ महिला सहित २५ संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अघिल्लो हप्ता उपचारमा रहेका संक्रमितको मृत्यु हुने दर यो भन्दा न्यून थियो । प्रयोगशालामा यो हप्तामा दुई हजार ७६१ को नमूना परीक्षण गरिएकोमा एक हजार ११३ मा संक्रमण भएको नतिजा आएको छ । प्रदेशमा भने हालसम्म एन्टिजेन परीक्षणवाट पोजेटिभ देखिएका मध्ये ४४ को र पीसीआरबाट पोजेटिभ देखिएका मध्ये ९० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङकका अनुसार हालसम्म एन्टिजेन परीक्षण २८ हजार ८२९ जनाको गरिएकोमा तीन हजार ३४५ मा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पिसिआरबाट हालसम्म एक लाख ४५ हजार ८१९ को नमूना परीक्षण भएकोमा १७ हजार १३० जनामा संक्रमण भएको पाइएको छ ।
संक्रमितमध्ये नौ वर्ष उमेरसम्मका बालिका ३४५ र बालक ४९७ जना छन् । सबै भन्दा बढी २० देखि २९वर्ष उमेर समूहका चार हजार ४४३ पुरुष र एक हजार ७०महिला संक्रमित भएका छन् । प्रदेशमा संक्रमित हुने भन्दा उपचार व्यवस्थापन पछि डिस्चार्ज हुनेहरु न्यून छन् । वैशाख १५ गते अघिको एक हप्ताको तथ्याङ्कमा प्रदेशमा ९६९ जना थपिएकोमा ११६ जना उपचार व्यवस्थापन पछि डिस्चार्ज भएका थिए । पछिल्लो हप्तामा भने २१४ जना मात्र डिस्चार्ज भएका छन् । यो हप्तामा एक हजार ९१३ संक्रमित थपिएका छन् । संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित बढेका छन् । वैशाख ९ गते सम्म प्रदेशमा ४२० सक्रिय संक्रमित बिरामी रहेकोमा बुधवार सम्म यो सङ्ख्या दुई हजार ८४७ जना पुगेको छ ।
यस्तै अहिलेसम्म पीसीआर जाँचमा पोजेटिभ देखिएकामध्ये बुधवारसम्म निको हुने बिरामी १४ हजार ४४६ पुगेका छन् । एन्टिजेन परीक्षणवाट पोजेटिभ देखिएकामध्ये एक हजार ५१८ निको भएका छन् । एन्टिजेन परीक्षण यही वैशाखवाट शुरु गरिएको थियो । सेती प्राादेशिक अस्पतालमा व्यवस्था गरिएका दुई थान पिसिआर मेसिन मध्ये एउटा मात्र सञ्चालनमा छ ।
प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति अभावले अर्को मेसिन सञ्चालन गर्न नसकिएको बताए । ‘‘दिनमा बढीमा ५०० को हाराहारीका स्वाबका नमूना मात्र परीक्षण गर्न सकिएको छ’’,शाहीले भने । अस्पतालले क्षमता बढाउन नसक्दा नमूना परीक्षणका लागि दैनिक ५०जनाको मात्र नाम दर्ता गर्ने गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पीसीआर परीक्षणको काम सेती प्रादेशिक अस्पतालमा हुने गरेको छ । कोभिड—१९रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिन अघि मात्र कैलालीको कोरोना भाइरस संक्रमणको अवस्था, उपचार व्यवस्थापनमा भइरहेको कार्य, रोकथामका लागि अपनाउनु पर्ने कामका बारेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग टेलिफोनमा कुरा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रिजालमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको रोकथाम, उपचार व्यवस्थापनका लागि कैलालीको गेटामा नवनिर्मित गेटा मेडिकल कलेज भवनमा होल्डिङ सेन्टर, कोरोना विषेश अस्पताल र आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्ने गरी तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई यसको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
असार ४, २०८१ मंगलबार
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन उपमेयर डंगोलको आग्रह
असार १०, २०८१ सोमबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
असार १०, २०८१ सोमबार
दिल्लीवासीले पानी नपाउँदा सम्म अनिश्चितकालीन अनशन जारी रहने अतिशीको भनाइ
असार १०, २०८१ सोमबार
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप, कुर्सी तोडफोडपछि स्थगित
असार १०, २०८१ सोमबार