मालीमा २५ बर्षकी एक महिलाले जन्माइन् एकैपटकमा ९ बच्चा
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २०:१६:५८
२३ बैशाख, एजेन्सी । मालीकी एकजना २५ बर्षकी महिलाले एकैपटक ९ वटा बच्चा जन्माएकी छिन् । डाक्टरहरुले स्क्यानका क्रममा उनको पेटमा ७ वटामात्र बच्चाहरु भएको पत्ता लगाएपनि त्योभन्दा दुईवटा बढी अर्थात् ९ वटा बच्चा जन्मिएका छन् ।
हालिमा सिसे नामकी ती महिलाले मोरक्कोमा बच्चाहरु जन्माएकी हुन् । मालीको सरकारले विशेष हेरचाहका लागि उनलाई मोरक्कोको अस्पतालमा लगेको थियो ।उनका पतिले आफू निकै खुशी भएको बीबीसीलाई बताएका छन् । सबै बच्चाहरु सकुशल रहेको पनि उनले जानकारी दिएका छन् । ९ बच्चाहरुमा ५ जना छोरी र ४ जना छोरा रहेका छन् ।
मालीका स्वास्थ्यमन्त्री फान्टा सिबीले माली र मोरक्कोको स्वास्थ्य टिमलाई समेत बधाई दिएकी छिन् । सकुशल बच्चाहरु जन्माउन सहयोग गरेकोमा स्वास्थ्यमन्त्रीले बधाई तथा धन्यवाद दिएकी हुन् । दुई साता मोरक्कोको राजधानीमा रहेको अस्पतालमा राखेपछि आमालाई मार्च ३० मा मोरक्को लगिएको थियो । मोरक्कोको क्लीनिकमा ५ साता राखेपछि मंगलबार बच्चा जन्मिएका थिए । आमा र उनका ९ बच्चा केहीदिनमा नै मोरक्को फर्कने भएका छन् ।
विगतमा सन् २००९ मा अमेरिकामा एकजना महिलाले ८ वटा बच्चा जन्माएर गिनिज बुकमा नाम दर्ता गराएकी थिइन् । एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको र सबैजना बाँचेकोमा उक्त रेकर्ड दर्ता गरिएको थियो ।
विगतमा ९ वटा बच्चा जन्माएका दुईवटा रेकर्डहरु भएपनि कुनै पनि बच्चाहरु केहीदिन भन्दा धेरै बाँचेनन् । सन् १९७१ मा अष्ट्रेलियामा र सन् १९९९ मा मलेसियामा एकैपटकमा ९ वटा बच्चा जन्मिएका थिए । सन् २००९ मा ८ वटा बच्चा जन्माउने नाद्या सुलेमानका सबै बच्चाहरु हुर्किसकेका छन् । उनीहरु अहिले १२ बर्षका भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार