अमेरिकामा बच्चाहरु जन्मिने दर ४ दशक यताकै कम
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २०:२०:४३
२३ बैशाख, एजेन्सी । अमेरिकामा बच्चाहरु जन्मिने दर ४ दशक यताकै कम भएको संघीय सरकारबाट सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकन महिलाहरुले बच्चा जन्माउने दर सन् १९७९ कै कम भएको देखिएको हो ।
सन् २०२० मा अमेरिकन महिलाहरुले ३६ लाख बच्चाहरु जन्माएको र गतबर्षको तुलनामा यो दर ४ प्रतिशतले कम भएको सीडीसीको तथ्यांकमा उल्लेख छ । अमेरिकामा कुल प्रजननमा १ दशमलव ६४ मा गिरावट भएको छ । सन् १९३० को दशकबाट सरकारले ट्रयाकिंग सुरु गरेयताको यो सबैभन्दा कम दर हो ।
आधारभूत सामाजिक र आर्थिक सिफ्टका कारण प्रजननमा ह्रास आएको जनसांख्यिकीयहरुले जनाएका छन् । सन् २००७ मा मन्दी सुरु हुनुभन्दा अगाडि अमेरिकामा बच्चा जन्मिने दर बृद्धि भएको थियो । तर आर्थिक मन्दीले बच्चाहरु जन्माउने दरमा पनि कम आएको जनाइएको छ ।
त्यसपछि अमेरिकाको अर्थतन्त्र सुदृढ बन्दै गएपनि बच्चा जन्मिनेदर भने सुदृढ हुन सकेन । ठूलो मन्दीपछि जन्मदरमा कहिले पनि बृद्धि हुन नसकेको युनिभर्सिटी अफ न्यु ह्याम्पशायरका बरिष्ठ डेमोग्राफर प्रोफेसर केनथ जोन्सनले बताएका छन् । आफूले महिलाको उमेरको ३० को दशकमा प्रजननमा बृद्धिका लागि कैयन बर्षसम्म कुरेपनि कहिलेपनि त्यस्तो हुन नसकेको उनले बताए ।
सन् २००७ देखि कम पजननका कारण ७६ लाख बच्चाहरु कम जन्मिएको प्रोफेशर जोन्सनको अनुमान छ । छुट्टै अर्को तथ्यांकमा गत डिसेम्बरमा बच्चा जन्मिने दरमा ७ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । ४० देखि ४४ बर्षसम्मका महिलाहरुमा जन्मदर २ प्रतिशतले गिरावट आएको तथ्यांकमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार