हिउँ चितुवा संरक्षणको लागि कोषसँग सम्झौता

नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २२:०:१५

२३ वैशाख,फुङ्लिङ । ताप्लेजुङमा हिउँ चितुवा संरक्षणको लागि कचनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोष बीच सम्झौता भएको छ । विश्वमा दुलर्भ सूचीमा रहेको वन्यजन्तु हिउँ चितुवाको बासस्थान सो संरक्षण क्षेत्र भित्र छ । हिउँ चितुवा संरक्षणको लागि ४० लाख रुपैया कोषले संरक्षण क्षेत्रमा खर्च गर्ने गरी सम्झौता भएको संरक्षण क्षेत्र व्यवस्थापन परिषदका खगेन्द्र फेम्बुले बताए ।
सो सम्झौतामा हिउँ चितुवा अनुगमन, हिउँ चितुवाको आहारा र नाउरको अनुगमनमा खर्च गर्ने फेम्बुले बताए । चितुवाले हिमाली बस्तीका पशु चौपायासमेत मारेर खाइदिने भएपछि त्यसमा राहत पशु धन बीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त रकम चालु आर्थिक वर्ष सम्ममा खर्च गरिसक्नु पर्ने उल्लेख गरिएको छ ।
संरक्षण क्षेत्रमा १९ देखि २४ हाराहारीमा हिउँ चितुवा बसोबास गर्दै आएको तथ्याङ्क रहेको सो संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । हिउँ चितुवाले नाउरको शिकार गर्ने भएकाले हिउँ चितुवाको संरक्षणसँगै नाउरको संरक्षण गर्न आवश्यक रहेको तिवारीले बताए । व्यवस्थापन परिषदले हिउँ चितुवा संरक्षण गर्न चार उपसमिति परिषदका कार्यक्रम सहायक संयोजक चितेन चेम्जोङले बताए । समितिले हिउँ चितुवा र नाउरको अनुसन्धान तथा निरिक्षण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार