देशभर ९ हजार ७० संक्रमित थपिए, ५४ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २३:२९:२०
२३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै धेरै हो। २० हजार ३६७ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जनाको रिपोर्ट पोजेटिभ आएको हो।
सोही अवधिमा थप ५४ जना संक्रमितको मृत्यु भएको छ। हिजो सबैभन्दा बढी ५८ जनाको निधन भएको थियो। त्यसैगरी २ हजार ७०७ जना भने निको भई घर फर्किएका छन्। अहिले निको हुने दर ७९.४ प्रतिशत छ।
थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ। देशभरका कोभिड अस्पतालका आईसीयूमा ६२५ र भेन्टिलेटरमा २०१ जना उपचाररत छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार