गृहमन्त्री थापाले उम्मेदवारी दिन नमानेपछि उम्मेदवार खोज्न ओलीलाई सकस
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १६:३:२३
२४ बैशाख, काठमाडौं । गृहमन्त्री राम बाहादुर थापा उम्मेदावारी दिन डराएपछि उनलाई थप मनाउने वा अन्य कसैलाई उठाउने भन्ने विषयम प्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष केपी ओली नेताहरुसँग परामर्शमा जुटेका छन् । वागमती प्रदेशको भागमा रहेको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको गर्ने दिनसम्म पनि ओलीले उम्मेदवारी चयन गर्न सकेका छैनन् ।
यसअघि रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय भएपनि हिजो बालुवाटारमै बसेको एमाले स्थायी कमिटी बैठकमा थापाले आफु हार्ने निर्वाचनमा नजाने बताएपछि उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न ओलीलाई सकस परेको छ । विपक्षी गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएपछि बादल उम्मेदवार बन्नबाट हच्किएका हुन । विपक्षी गठवन्धन (कांग्रेस, माओवादी केन्द्र, एमाले खनाल नेपाल समूह र जसपा) बाट संघीयता विद् डा खिमलाल देवकोटालाई अघि सारिएको छ । उनि माधव नेपाल पक्षका एमाले नेता हुन ।
यसैबीच विपक्षी गठबन्धनका साझा डा खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।‘मनोनयनका लागि हेटौडा आइपुगेको छु । सामाजिक संजाल लगायत संचारका विभिन्न माध्यमबाट यहाँहरुले दर्शाउनुभएको सद्भावका लागि निकै नै आभारी छु । यहाँहरुको सहयोग र शुभेच्छा अन्तिम परिणाम प्राप्त नहुन्जेलसम्म कायम रहने अपेक्षा समेत गर्दछु’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार