निषेधाज्ञा जारी भएसंगै कैलालीमा कालोबजारी शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १७:३४:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/kalobajari_QQF43dxHYN.jpg)
२४ वैशाखभजनी । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक संक्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् ।
कोरोनाको संक्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै प्रति थान दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको २० रुपैयासम्म बिक्री गर्न थालेका छन् । मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ भने खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको स्थानीयवासी नरराज रावतले बताए । “निषेधाज्ञा हुनुको पहिलो दिन प्रतिकेजी रु ८० पर्ने चिनीको मूल्य ९० पुगेको छ । प्रतिप्याकेज एक सय पर्ने मास्कको मूल्य तीन सय पुगेको छ”, रावतले भने, “अघिल्लो दिनसम्म स्थिर रहेको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन् । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसाधारणहरुलाई ठूलो मार परेको छ ।”
टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रामबहादुर चौधरी दैनिक मजदूरी गरी जीवन निर्वाह गर्दै आएका छन् । दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना संक्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ । “काम छैन । पैसा पनि छैन । नखाएर बाँच्न सकिँदैन”, रामबहादुरले भने, “बजारमा सामानको भाउ पनि छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरीब त हो । ठूलाबडालाई त सबै छुट दिएकै छ ।” उनले सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोगभन्दा पनि भोकले मर्नुपर्ने समय आउने बताए ।
उपभोक्ता हित संरक्षण समिति टीकापुरले अहिलेसम्मको स्थितिमा प्रेस विज्ञाप्ति निकाल्ने भन्दा अर्को काम गरेको देखिँदैन । समितिका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले बजार अनुगमनका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि अनुगमन हुन नसकेको बताए । “बजारमा मूल्य वृद्धि भएको भन्ने गुनासो हामीलाई आएको छ । केही दिनमा हामी बजारको अनुगमन गर्छौं”, समितिका अध्यक्ष तिमिल्सिनाले भने, “अहिले नै बजारमा सामानको अभाव हुने समय भइसकेको छैन । तर बजार अनुगमनमा त्यस्तो देखियो भने हामी व्यापारीलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”
उनले व्यापारीहरुले सामानको खरीद बिल नराख्दा अनुगमनमा समस्या हुने गरेको बताउँदै नगरपालिका बढी जिम्मेवार भएमात्र अनुगमनलाई प्रभावकारी बनाउन सकिने बताए । “नगरपालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नुपर्ने हो । त्यो हुन सकेको छैन”, तिमिल्सिनाले भने, “अर्कोतिर उपभोक्ताले सामान खरीद गर्दा व्यापारीसँग बिल लिँदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूची राख्दैनन् । यसले झन् अन्यौलता थपेको छ ।”
टीकापुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिले गरेको बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो स्थानीयवासीको रहँदै आएको छ ।
उता, स्वास्थ्य क्षेत्रको अनुगमनका लागि नगरपालिकाले जनस्वास्थ्य प्रवद्र्धन शाखालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यका कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कारण स्वास्थ्य क्षेत्रको अनुगमन गर्न नसकिएको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
असार ४, २०८१ मंगलबार
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
असार ९, २०८१ आइतबार
रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ जना घाइते
असार ९, २०८१ आइतबार
निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव गडतौलालाई
असार ९, २०८१ आइतबार
चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन
असार ९, २०८१ आइतबार
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
असार ९, २०८१ आइतबार
मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, चार बिरामी
असार ९, २०८१ आइतबार