सर्लाहीका सीमावर्ती क्षेत्रमा मदिरा सेवन गर्नेको भीड
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १८:२८:५१
२४ वैशाख,सर्लाही । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् ।
पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् । यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
भारतको विहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् । हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ । यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।
यसरी सीमा नाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए । सीमा क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरु खुलिरहेकाले सुरक्षाको दृष्टिले कस्ता मानिसको आवतजावत छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
पुष ९, २०८१ मंगलबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार