रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १९:२१:६
२४ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ। विभागले बिहीबार लोमस फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिएको हो।
बुधबार मात्रै विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टब्युटर्सलाई र भारत वायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो ।
बिहीबार अनुमति पाएको लोमसले दुई डोज खोप तीन हजार ४८५ रूपैयाँमा उपलब्ध गराउने बताएको छ। यसअघि बुधबार अनुमति पाएका कम्पनीहरूले दुई डोज खोपका लागि तीन हजार ४१८ रूपैयाँ र पाँच हजार २०० रूपैयाँमा उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए।
रुसी सरकारी संस्था ग्यामेलिया नेसनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ। यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने बताइएको छ। भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार