सुदूरका जिल्ला अस्पताललाई ८० लाख प्रदान
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १९:४८:१४
२४ वैशाख,गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका छ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८०÷८० लाख रकम प्रदान गरेको हो ।
प्रदेशका छ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेका बेला संक्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको बताए । । सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार