अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारलाई आग्रह
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २०:३९:१३
२४ वैशाख,काठमाडौं । ललितपुरको ज्यावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिए । “हाल अक्सिजनका कारण अस्पतालमा कारोना संक्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने”, उनले भने ।
उनका अनुसार हाल अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार