तनाव ब्यवस्थापनका लागि संक्रमितलाई मनोसामाजिक परामर्श
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार ३:५७:३४
२४ बैशाख, वालिङ । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका संक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“बिरामी भई होम आईसोलेसनमा छुट्टै बस्दा मनमा अनेक खालका भावनाहरु, कुराहरु खेल्ने भएकाले तनाव बढ्न सक्छ” नगर प्रमुख खाँणले भने, “संक्रमितहरुमा कुनैपनि तनाव नदेखियोस्, होम आईसोलेसन बसाईलाई तनावमुक्त बनाउनका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन शुरु गरेका हौं ।”
संक्रमित हुने बित्तिकै समाजले उहाँहरुलाई गर्ने ब्यवहार तथा विभिन्न सामाजिक सञ्जालहरुमा आएका नकारात्मक टीकाटिप्पणीले असर पार्न नदिनका लागि टेलिफोन तथा नियमित भेटघाटमार्फत आवश्यक परामर्श प्रदान गरिएको उनले बताए ।
वालिङ नगरपालिकाले गहाैँ प्राथमिक अस्पतालमा दैनिक एन्टिजिनमार्फत परीक्षण गर्दै आईरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । रोगको लक्षण देखिएका वा कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको नाम, ठेगाना, सम्पर्क नम्बर राखी परीक्षण गरिने र संक्रमण पुष्टि भएसँगै आवश्यक औषधि तथा पालना गर्नुपर्ने नियमहरुसहित होमआईसोलेसनमा राख्ने गरिएको शाखा प्रमुख पाण्डेले बताए ।
समय समयमा आवश्यक औषधिसहित स्वास्थ्यकर्मीहरु घर घरमै पुग्ने गरिएको छ भने सामान्य समस्यालाई फोनबाटै २४ सै घण्टा र आवश्यकता अनुसार घरमै पुगेर स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिने गरिएको शाखा प्रमुख पाण्डेले बताए । वालिङ नगरपालिका, र गह«ौं प्राथमिक अस्पतालको समन्वय र सहकार्यमा बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्र (टिपिओ नेपाल) द्वारा टेलिफोनमार्फत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराईएको संस्थाका स्याङ्जा जिल्ला संयोजक जननी मगरले बताए ।
नगरभित्रका झण्डै दुईसय जना सङ्क्रमितको सम्पर्क नम्बर लिएर सम्पर्क गर्ने र उहाँहरुका भावनाहरु बुझ्ने कार्य भईरहेको संयोजक मगरले बताए । मनोसामाजिक परामर्शका लागि तालीम प्राप्त चार जना मनोसामाजिककर्ताहरु सक्रिय रहेका छन् । “घरमा एक्लै बस्दा समय लामो भएजस्तो हुने गरेको अनुभवहरु सुनाउछन” संयोजक मगरले भने, “हामीले फोन गर्दा निक्कै खुशी हुनुहुन्छ, आफ्ना समस्याहरु खुलेर राख्ने गर्नुभएको छ, अनि उहाँहरुले भन्नुहुन्छ ‘कति खुशी लाग्यो, फेरि–फेरि पनि फोन गरिराख्नु है’ ।”
संक्रमित भई होम आईसोलेसनमा बस्नुभएकाहरुको कुरा सुन्दिदामात्रै पनि मन हल्का भएको, धेरै तनाव हराएर गएको अनुभवहरु परामर्शदाताहरुसँग छ । समय समयमा फ्लोअप गर्ने गरिएको संयोजक मगरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार