संक्रमणबाट बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार १६:४:३८
२५ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सातजनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एकजनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल-१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो। गत २२ गते नै भर्ना भएकी बुटवल-११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ।
यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए। उन्का अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१४ की ३८ वर्षीया महिलाको आज बिहान, वैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१ का ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१२ का ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका-७ का ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१० की ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट १७४ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १३१ जनाको मृत्यु भएको छ। तीब्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहेको बाँकेमा ७३१ नयाँ सङ्क्रमित थपिएका छन्। शुक्रबारमात्रै बाँकेमा १०९ जनाले कोरोना जितरे घर फर्किएका छन्। रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार