जसपा विभाजनका लागि अध्यादेश ल्याउने तयारी, प्रधानमन्त्रीले बोलाए बैठक
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार १६:५२:७
२५, बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकका एजेण्डा बारे मन्त्रीहरुलाई जानकारी गराइएको छैन । एजेण्डा नखुलाइएका कारण केही महत्वपूर्ण निर्णयका लागि बैठक बोलाइएको हुनसक्ने एक मन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन साथ दिने बताउँदै आएका जनता समाजवादी दलमा महन्थ ठाकुर यतिवेला अल्पमतमा परेका छन् । निश्चित प्रतिशत नपुग्दा उनले दल विभाजन गर्न नमिल्ने र उनीमाथि उपेन्द्र यादवले कारवाही गर्न सक्ने जोखिम बढेपछि ठाकुरलाई दल विभाजन गर्न सहज पार्न दल विभाजन सम्वन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले बैठक बोलाएको हुन सक्ने आकलन गरिएको छ । तर उनले त्यो अध्यादेश ल्याउँदा उनकै दलका माधव नेपाल पक्षलाई थप सजिलो हुने विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सघाउने आश्वसन दिएका जसपा नेता ठाकुरका सारथी राजेन्द्र महतो पछिल्लो समय जसपा संसदीय दलको नेताको रुपमा ठाकुरले दावी पेश गरेपछि नेता ठाकुरसँग रुष्ट बनेका छन् । संसदीय दलको नेतामा ठाकुर आफैले दावी गरेपछि नेता महतो उपेन्द्र यादवको कित्तामा पुगेका कारण ठाकुरसँग दल विभाजनका लागि आवश्यक संख्या पनि नपुग्ने र पार्टी निर्णय उल्घनङ्ग गरेमा उनीमाथि पार्टीले कारवाही गर्न सक्ने भनि समाचारहरु बाहिर आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार