भीरकोटको महामारी नियन्त्रणमा जेसीजको भुमिका उत्कृष्ट, मनकारी वडाध्यक्षले निजी गाडीबाट विपतमा सघाउँदै
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २०:११:५६
२५ वैशाख, स्याङ्जा । कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमणपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागु गरिएको छ । संक्रमणको दर दैनिक बढिरहेको अवस्थामा देशका साना तथा ठूला शहर बजारमा रहेका अस्पतालमा विरामीको उपचारका लागि बेडको अभाव हुनुका साथै विरामीलाई अक्सिजनको समेत अभाव भइरहेको छ ।
महामारीका कारण अन्य जिल्लाहरु जस्तै स्याङ्जा पनि प्रभावित बन्न पुगेको छ । जिल्लाका ११ वटा पालिकाले महामारी नियन्त्रणका र विरामीको उपचारको लागि हरसम्भव पहल गरिराखेका छन् । पालिका मात्र नभई जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरु पनि मानवीय सेवामा सक्रिए भएर लागेको पाइएको छ ।
यही मेसोमा भीरकोट जेसीजले सञ्चालन गरेको “विपतमा हामी अभियान उदाहारणीय बन्दै आइरहेको छ । १८ वर्षदेखि ४० वर्षसम्मका यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित जेसीजले विभिन्न समयममा आइपर्ने विपतका बेला समुदायमा सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । कोरोना महामारीको सुरुवातीमा राहत, उद्दार र सचेतना जस्ता कार्यक्रम सञ्चालन गर्दै समुदायमा उत्कृष्ट कार्य गरेको भीरकोट जेसीजले यसवर्ष नयाँ भेरियण्टसहितको कोरोना माहामारी नियन्त्रण र व्यवस्थापनमा युवाहरुको क्रियाशिलता पनि उत्तिकै प्रभावकारी बनेको छ ।
विपतका बेला मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुलमन्त्र हामी जेसीजमा लागेका यूवाहरुले बिर्सन नहुने भन्दै समाजप्रति आफूहरु उत्तरदायी हुनुपर्छ भनेर यसपटक विपतमा हामी अभियान सञ्चालन गरेको भीरकोट जेसीजका अध्यक्ष प्रशुन मगरले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको दर उच्च छ, विरामीहरु गाँउमै उपचार नपाएर वा अस्पतालको सेवा नपाएर दुख पाउन नपरोस् साथै जेसीजले स्थानीय सरकारद्धारा संक्रमण नियन्त्रणका लागि गरेका निर्णयहरुलाई कार्यन्वयनका लागि सहयोगी भूमिका निर्वाह गर्न र दुखमा परेका जो कोहीलाई राहत र उद्दारका लागि जेसीजले अभियान सञ्चालन गरेको उनले बताए ।
भीरकोट जेसीजले अभियान अन्तरर्गत नगरपालिकामा जनचेतनाका लागि माक्स तथा सेनीटाइजरको प्रयोग, सामाजिक दुरी कायम, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दे घरघरमा पोस्टर तथा पर्चा बाड्दै हिडेको छ भने विपतको जुनसुकै अवस्थामा जेसीजलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । विरामीलाई अस्पतालसम्म पुर्याउन तथा राहत र उद्दारको कार्यमा लागिरहेको भीरकोट जेसीजका महासचिव कृष्णप्रसाद अर्यालले जानकारी दिए ।
अभियानलाई सघाउँदै भीरकोट ५ का वडा अध्यक्ष अधिकारी
कोरोना विरुद्धको मैदानी लडाईमा कतिपयले पुर्याइरहेको योगदान तारिफ योग्य बन्न पुगेको छ । राज्यले महामारीलाई उचित तवरले व्यवस्थापन गर्न नसक्दा अस्तव्यस्त भएको जनजीवनलाई स्थानीय तवरमा व्यवस्थित गर्ने प्रयत्न भइरहेको छ ।
विपतको यो अवस्थामा कोरोना संक्रमणवाट विपतमा परेका विरामीहरुलाई मानवीय सेवा गरिरहेका छन् । तीमध्येका एकपात्र भीरकोट नगरपालिका अन्तर्गत वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले भीरकोट जेसीजको अभियानलाई सघाउँदै आफू चढने निजी स्कारपियो पिकअप मानवीय सेवाका लागि प्रदान गरेका छन् ।
वालिङ जेसीजका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले जेसीजको आस्था र विश्वासलाई आत्मसाथ गर्दै विपतका बेला सधै अग्रपंतिमा क्रियाशील हुँदै आइरहेका छन् । जेसीज अभियानबाट मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने विश्वासमा अडिक रहेका अधिकारी भीरकोटका नागरिकको अन्य सामाजिक तथा व्यक्तिगत समस्यासँग सदैव नजिकबाट सहयोगी भूमिका निर्वाह गर्दै आइरहेका छन् । अघिल्लो वर्ष निजी खर्चमा राहत सामाग्री वितरण तथा माक्स, सेनीटाईजर र सावुन वितरण गरेका उनले यसपटक अझै उत्कृष्ट कार्यमा भीरकोट जेसीजलाई निजी गाडी एम्वुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन् ।
वडा अध्यक्ष अधिकारी भन्छन, असहज अवस्थामा त झन् जनप्रतिनिधिको दायित्व बढी रहने हुँदा आफू यस्तो सेवामा समर्पित भएको हुँ ।भीरकोटबासीको हरेक समस्यासँग सधै नजिक रहने अधिकारी एक सफल युवा व्यवसायी समेत हुन । उनले सफल फर्निचर नामको उद्योग सञ्चालनमा ल्याएका छन् । उनी वालिङ उद्योग वाणिज्य संघका पूर्व सहकोषाध्यक्ष, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार