अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन कक्ष निर्माण
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २२:१७:२४
२५ वैशाख, डोटी । स्थानीय तहले क्वारेन्टाइन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन ‘कोरोना अस्पताल’ कक्ष निर्माण गरेको छ । कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको हो ।
गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन कक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेशन कक्ष निर्माण गर्न सकेका छैनन् ।
पुर्वीचौँकीले निर्माण गरेको आइसोलेशन कक्षमा अस्पतालमै प्रयोग हुने ३५ श्यया जडान गरिएको र आइसोलेशन निर्माण तथा व्यवस्थापन गर्ने काम सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । आइसोलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय पनि भइरहेको उनले बताए ।
यस्तै गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने कार्यपालिकाको निर्णय भएको बताइएको छ । यसका साथै कोभिड–१९ बाट संक्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार