विश्वासको मत नपाए पनि पुन: प्रधानमन्त्री बन्ने रणनीतिमा ओली

नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १४:९:५८

२६ बैशाख, काठमाडौ । नेकपा एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहँदा प्रधानमन्त्री एव एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वास मत नपाए पनि प्रधानमन्त्री पदमा रहिरहन नयाँ रणनीति बनाएका छन् ।
नेपाल पक्षका सांसदले समूहिक राजीनामा दिएमा संसदमा विश्वासको मत नपाउने निश्चित भएपछि प्रधानमन्त्री पदमा रहिरहन उनले नयाँ रणनीतिमा तयार गरेका हुन । विश्वासको मत नपाएको अवस्थामा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र त्यसलगत्तै राष्ट्रपति विध्यादेवी भण्डारीले ओलीलाई नै पुन: प्रधानमन्त्री नियुक्ती गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले भोली संसदमा विश्वासको मत लिदैछन् ।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राजीनामा गर्ने र प्रधानमन्त्रीले राजीनामा दिएपछि गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले आग्रह गर्नुपर्ने हुन्छ । तर त्यसो नगरी सिधै संविधानको धारा ७६ को ३ अनुसार संसदमा सबैभन्दा ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान अनुसार राष्ट्रपतिले पुन ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने गरी तयारी भइरहेको बताइएको छ ।
धारा ७६ (३) लाई टेकेर पुन प्रधानमन्त्री बन्ने विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग पटक पटक छलफल गरिसकेका छन् । प्रधानमन्त्री ओलीका कानून ब्यवसायीहरु एवम् सल्लाहाकारहरुले संविधानको धारा ७६ (१) र (२) अनुसार सरकार पहिले नै बनेकोले अब बन्ने सरकार ७६ (३) अनुसार सिधै राष्ट्रपतिले उनैलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने सल्लाह दिएका छन् । त्यसले पनि ओली नेपाल पक्षको चेतवानीमा कुनै टसमस नभएको , पार्टीमा सहमतिको प्रयास नगरेको एमाले नेताहरुले बताएका छन् ।
त्यसो त नेपाल पक्षका सांसदले राजीनामा दिनासाथ प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा बहुमत नपाउने निश्चित हुन्छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले उनलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । संविधान अनुसार त बहुमत नपाउनासाथ ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन्छ।
त्यसपछि पुन नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गर्नुपर्ने हुन्छ । राष्ट्रपतिसँगको मिलोमतोमा राजीनितक ट्रयाक बाहिर लाने खेल हुन सक्ने आशका राजनीतिक वृतमा गरिएको छ । लुम्विनी प्रदेशको घटनाक्रमले यसको संकते गरेको छ ।
त्यसो त नेपाल पक्षका २७ सांसदलाई कारवाही गर्ने भन्दै ओलीले यसअघि नै यसै पनि स्पष्टीकरण मागेका छन् । उनीहरूलाई कारबाही गरी सांसद पदबाट बर्खास्त गर्न सक्ने आकलन गरिए पनि विश्वासको मत लिने बेला आफैं अल्पमतमा पर्ने भएकाले अहिलेसम्म कारबाही प्रक्रिया अघि बढाएका छैनन्।
२०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज साँझ वा भोलि बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल पक्षका सांसदले गरेपछि प्रधानमन्त्री ओली एकपछि अर्को विकल्पको खोजीमा देखिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार