नेपाल पक्षका २० सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर,अविश्वासको प्रस्ताव दर्ताको तयारी
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १५:५५:३५
२६ बैशाख, काठमाडौं । एमालेमा माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले आज दिउँसो राजीनामा दिने र आजै ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी रहेको छ ।
सहमतिको प्रयास ओली कै कारण असफल भएको निश्कर्ष निकाल्दै नेपाल पक्षका सांसदहरु राजीनामा दिने निर्णयमा पुगेका हुन । एमालेलाई एकता पूर्वको अवस्थामा पुर्याउने माधव नेपालको मागमा ओली टसमस नभएपछि एकताको सम्भावना टरेको निश्कर्ष निकाल्दै राजीनामा दिन लागिएको हो ।
नेपाल पक्षका २० सांसदले शनिवार साँझ नै सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । यसरी राजीनमा बुझाउनेहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु रहेका छन् ।
नेपाल पक्षका सांसदको राजीनामापछि आजै ओली विरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी भइरहेको छ । राजीनामा पछि विपक्षी गठवन्धनको संयुक्त बैठक बसी अविश्वासको प्रस्ताव दर्ता गरिने छ । अहिले जनता समाजवादी दलका नेताहरुले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार