महन्थ र राजेन्द्र बूढानिलकण्ठमा
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १७:३४:१४
२६ बैशाख, काठमाडौं । विश्वासको मत लिने सन्दर्भमा प्रधानमन्त्री केपी ओली अल्पमतमा पर्ने सम्भावना प्रबल भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अफ्ठेरोमा परेका छन् ।
प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने तयारी गरिरहेको यो समूह सत्तारुढ एमाले कै रडाकोले गर्दा सरकार ढल्ने अवस्था निर्माण भएपछि नयाँ रणनीति बनाउनेतिर लागेको छ ।
यही प्रयोजनका लागि अहिले ठाकुर र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।
बदलिएको परिवेशमा नेपाली कांग्रेससँग मिलेर जान उनीहरुको प्रयास रहेको देखिन्छ । जसपा निकट स्रोतका अनुसार, महन्थ– राजेन्द्र अब भने तटस्थ बसेर अर्ली इलेक्सनको वातावरण बनोस् भन्ने चाहन्छन् । त्यसका लागि कांग्रेसले समेत सहयोग गर्नुपर्ने उनीहरुको धारणा रहने बताइएको छ ।
तर नेपाली कांग्रेसले भने ओली विरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने र नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । यही विषयमा थप छलफल गर्न जसपा नेताहरु बूढानिलकण्ठ पुगेको बताइएको छ ।
कदाचित ओली सरकार ढल्ने नै अवस्था आउँदा आफूहरु पनि साथमा रहने आशय समेत उनीहरुले राख्ने बुझिएको छ । ओली विरुद्ध साथ नदिएपनि नयाँ सरकार बन्ने अवस्था आयो भने चाहिं देउवालाई समर्थन गर्ने प्रस्ताव उनीहरुले राख्नेछन्–स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार