माधवका दुई सांसद ओली पक्षमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १८:४:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/madhav-nepal_tUu27SMw63.jpg)
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्ने माधव नेपाल समूहको भनाई सौदाबाजी मात्र रहेको भन्ने एमाले संस्थापन पक्षको आरोप सत्स साबित हुने देखिएको छ । किनभने नेपाल पक्षकै कतिपय सांसदहरुले राजीनामा नदिने प्रतिक्रिया दिन थालेका छन् ।
दाङबाट समानुपातिक सांसद गंगा चौधरीले पार्टी एकताका लागि मात्रै आफू सक्रिय हुने भन्दै विभाजनका लागि राजीनामा नदिने प्रतिक्रिया दिएकी छन् । उनले नेताहरुको निजी स्वार्थको सति नजाने भन्दै पार्टीको मूलधारमै रहने बताएकी छन् ।
उता, दैलेखबाट निर्वाचित नेपाल पक्षका राजबहादुर बुढाले पनि अहिल्यै सामूहिक राजीनामा दिने बेला भइनसकेको बताएका छन् । नेताहरुले अन्तिम घडीमा पार्टी एकता जोगाउने उनको विश्वास छ । उनले भने–भोलि १२ बजेसम्म समय बाँकी छ, त्यो भन्दा अगाडि कुनै अप्रिय निर्णयमा पुग्नु बुद्धिमानी होइन ।
नेपाल पक्षका यी दुई भनाइले ओलीको आरोप पुष्टि भएको छ– बालुवाटार निकट स्रोत भन्छ । भोलि १२ बजेसम्म हेरौं भनेको बार्गेनिङ मात्रै हो– उनले भने । जे भनेपनि अन्त्यमा माधव कम्रेडहरुले प्रधानमन्त्रीकै पक्षमा भोट हाल्ने हो, हेर्दैै गरौं – स्रोतको प्रतिक्रिया छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार