दार्चुलाको गाउँ बस्तीमा कोरोना संक्रमण बढ्दै
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १७:५६:४२
२६ वैशाख,दार्चुला । तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको संक्रमण फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।
“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”
वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उनले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताए । वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८÷१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”
गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भने, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार