कोरोना भाइरसको संक्रमण हावामार्फत पनि फैलने
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २०:८:५३
२६ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। संक्रमणको यो दोस्रो लहरमा बालबालिका, वृद्धवृद्ध तथा युवाहरू बढी नै संक्रमित भएको देखिन्छ।
यसैबीच, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ‘सीडीसी’ ले कोरोना भाइरसको संक्रमण हावामार्फत पनि फैलने बताएकाे छ । सीडीसीले संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत कोरोना सर्ने जनाएकाे हाे ।
सीडीसीका अनुसार हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहने उल्लेख छ । खुला ठाउँमा ६ मिटरको दूरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
यस्तो अवस्थामा यदि संक्रमण नभएको व्यक्ति ६ फिटभन्दा टाढा भए पनि उसलाई संक्रमण हुन सक्छ । गत महिना लासेन्ट जर्नलमा प्रकाशित रिपोर्टले कोरोनाको संक्रमण हावाबाट पनि फैलिने तथ्य उजागर गरेको थियो । जसमा र्यालबाट मात्र नभई हावाबाट पनि कोरोना सर्न सक्ने भन्दै तीन घण्टासम्म हावामा कोरोनाभाइरस जीवित पाइएको भनिएको छ ।
सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने बताएको छ । लासेन्ट जर्नलको रिपोर्टपछि नै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि आफ्नो गाइडलाइनमा अपडेट गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार