संक्रमित सांसद पनि मतदानमा सहभागी हुन पाउने
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २१:५२:५४
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आव्हान गरिएको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन गरिने मतदान सहित सबै प्रक्रिया भोली नै टुँग्याइने भएको छ ।
आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गर्दै त्यस सम्वन्धी सवै काम एउटै बैठकबाट सकाउने निर्णय गरेको हो । बैठकले संक्रमण भएका माननीयलाई अलग्गै अर्को कक्षमा राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकले पीसीआर टेष्ट गरेरका सांसदले मात्र प्रवेश पाउने निर्णय गर्दै टेस्ट नगरेका सांसदलाई स्वाब दिन र भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउन समेत आग्रह गरिएको सभामुखका संचारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । दुई दिनअघि झण्डै २२० जना संसदको पीसीआर गर्दा २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । ५० संसादले अझै परिक्षण नगरेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले ओलीले प्रतिनिधि सभाको बैठकमा भोली विश्वासको मत लिदै छन् । उनले विश्वासको मत लिने प्रायोजनका लागि मात्र प्रतिनिधि सभाको विशेष अधिवेशन आव्हान गरिएकोले भोली एक दिन मात्र बैठक बस्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार