फाइनान्स भन्दा कमजोर बन्दै सेञ्चुरी कमर्सियल बैंक, दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दै
आर्थिक संवाददाता
बैशाख २७, २०७८ सोमबार १९:१२:१
२६ वैशाख, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक नेपालको सबैभन्दा कान्छो वाणिज्य बैंक भएर पनि राम्रै व्यापार गर्दै आएको थियो । तर केही समय यता संचालक समिति बीच नै देखिने गरी मनमुटाव र उच्च व्यवस्थापनले राम्रोसँग काम गर्न नसक्दा बैंक दिन प्रति दिन दलदलमा फस्दै गएको छ ।
गत वर्ष चैत्र महिनासम्म १ अर्बको नजिक मुनाफा कमाउन खोजेको बैंक चालु आर्थिक बर्षमा आउँदासम्म हालत निकै खतम भएको छ ।मुनाफामा ठूलो गिरावट आएको छ । चालु आर्थिक बर्षकाे माघ, फागुन र चैत्र महिनालाई मात्र हेर्दा बैंक १० करोडमाथि नोक्सानीमा रहेको देखिन्छ ।
आर्थिक बर्षमा कम्पनीको खराब कर्जा दिन प्रति दिन वृद्धि हुँदैछ । खराब कर्जा दिन प्रति दिन बृद्धि हुनुले बैंकले धेरै रकम प्रोभिजन गर्नु परेको छ । बैंकले ७५ करोड ८८ लाख रुपैयाँ प्रोभिजन गर्नु परेको छ । जसले गर्दा बैंकको मुनाफामा ठूलो असर परेको छ । खराब कर्जा ३ प्रतिशत नजिकै पुग्नुले बैंकले गलत नियतले कर्जा प्रवाह गरेको हो की भन्ने चर्चा लगानीकर्ताले गर्दै आएका छन्।
मुनाफा फाइनान्स कम्पनी भन्दा थोरै :
९ अर्ब चुक्ता पुँजी भएको सेञ्चुरी कमर्सियल बैंकको चैत्र महिनासम्मको मुनाफा ३५ करोड रहेकोमा १ अर्ब पनि चुक्ता पुँजी नभएको मन्जुश्री फाइनान्सको खुद मुनाफा ३७ करोड रहेको छ । यसरी फाइनान्स कम्पनीले जति पनि मुनाफा गर्न सेञ्चुरी कमर्सियल बैंक असफल भएको छ ।
सबैभन्दा कमजोर वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक नै हो ?
कारण १ : सबै कुरा हेर्दा सेञ्चुरी कमर्सियल बैंक अहिले कमजोर वाणिज्य बैंकको रुपमा स्थापित भएको छ । बैंकले ३५ करोड मात्र मुनाफा गर्दा सिभिल बैंकले ५० करोड खुद मुनाफा हासिल गरेको छ।
कारण २ : सबैभन्दा थोरै प्रतिशेयर आम्दनी भएको वाणिज्य बैंक हो, सेञ्चुरी कमर्सियल बैंक । बैंकको प्रतिशेयर आम्दनी ५ रुपैयाँ ३९ पैसा मात्र हुँदा सिभिल बैंकको ७ रुपैयाँ माथि प्रतिशेयर आम्दानी छ।
कारण ३ : सबैभन्दा थोरै वितरणयोग्य मुनाफा भएको वाणिज्य बैंक हो, सेञ्चुरी कमर्सियल बैंक । याे बैंकले २२ करोड मात्र मुनाफा बुक गर्दा सिभिल बैंकले ३० करोड खुद मुनाफा गरेको छ।
कारण ४ : सबैभन्दा थोरै किताबी मूल्य भएको बैंक हो, सेञ्चुरी कमर्सियल बैंक । बैंकको किताबी मूल्य ११७ रुपैयाँ हुँदा सिभिल बैंकको किताबी मूल्य १२३ रुपैयाँ छ ।
सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति :
सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा सुनिलकुमार न्यौपाने, अभिषेक बज्राचार्य, रमेशकुमार निरौला, रनबहादुर श्रेष्ठ, मनबहादुर राई रहेका छन् भने स्वतन्त्र संचालकमा प्रा. डा. गीता प्रधान छन् ।
सेञ्चुरी कमर्सियल बैंकको उच्च व्यवस्थापन :
यसैगरी बैंकको उच्च व्यवस्थापनमा बैंकर तुलसीराम गौतम सीईओको रुपमा कार्यरत छन् । त्यस्तै मनोज न्यौपाने नायव सीईओको रुपमा कार्यरत छन् ।
कस्तो आयो तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा बैंकले ३५ करोड ८१ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले ९१ करोड ५७ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ६१ प्रतिशतको गिरावट आएको छ ।
श्रावण महिनादेखि चैत्र महिनासम्म बैंक ३५ करोड मुनाफामा भए पनि माघ महिनादेखि चैत्र महिनासम्मको अवधिलाई हेर्दा कम्पनी १० करोड ८४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। दोश्रो त्रैमाससम्म गरेको फाईदाले मात्र बैंक फाइदामा देखिएको हो।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी :
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २५ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९१ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा १५ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, संचालन मुनाफा ६३ प्रतिशतले कम हुँदै ४७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब २६ करोड संचालन मुनाफा गरेको थियो ।
वितरण योग्य मुनाफा :
बैंकसँग ९ महिनाको अवधिमा वितरणयोग्य मुनाफा जम्मा २२ करोड २९ लाख मात्र रहेको छ। यसको आधारमा हेर्दा यस बैंकसँग वार्षिक लाभांश दिने क्षमता जम्मा ३ प्रतिशत मात्र रहेको छ। यसपटक पनि बैंकले लगानीकर्तालाई जिल्ल बनाउने कुरामा दुईमत छैन।
अन्य संचालन आम्दानी :
बैंकले अन्य संचालन मुनाफा शीर्षकमा ३ करोड आम्दानी गरेको छ ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २७ पैसा हुन आउँछ । यो निकै थोरै प्रतिशेयर आम्दानी हो।
नोट : बैशाख २६ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) ११७ रुपैयाँ आउँछ ।
मूल्य आम्दानी अनुपात :
कम्पनीको बैशाख २६ गतेको बजार मूल्य २३५ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ४५ गुणा आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८६अर्ब ९८ करोड निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको छ। आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ३३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २७ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोषको अवस्था :
जगेडा कोष १६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३८ करोड पुगेको छ भने संचित मुनाफा ७६ प्रतिशतले घट्दै हुँदै २२ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा ३ प्रतिशत नजिक :
कम्पनीको खराब कर्जा २ दशमलव ९६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा २ दशमलव १९ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ७ दशमलव ७७ प्रतिशत पुगेको छ ।
स्प्रेडदर :
व्याजदर अन्तर ३ दशमलव ६० प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ७७ प्रतिशत थियो ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार