माधव समुहको ओली पक्षसँग अन्तिम वार्ता चल्दै
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २२:२१:४८
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली असन्तुष्ट नेता माधवकुमार नेपालले उठाएका माग संबोधन गर्न तयार नभएपछि परिस्थिति जटिल भएको छ । नेपाल पक्षीय कतिपय सांसदहरुले राजीनामापत्र नै बुझाइसकेका छन् भने केहीले राजीनामा नगर्ने टिप्पणी गरेका छन् ।
अहिले २२ जना सांसद राजीनामा गर्न तयार रहेको र सोही अनुरुप आफूहरुले नेता नेपाललाई पत्र बुझाएको सांसद मेटमणि चौधरीले बताएका छन् । भोलि संसदमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीले एमालेकै सांसदहरुलाई फकाउनु परिरहेको छ ।
नेता नेपाल भने ओली पक्षसँग अन्तिम वार्ता गर्न भन्दै पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ र अर्थमन्त्री विष्णु पौडेलसँग अहिले छलफल गर्दैछन् ।संसद सचिवालयमा तीन नेता छलफलमा जुटेका छन् ।
ओलीले भने नेता नेपालले राजीनामा गर्ने भनेर धम्क्याएकाले वास्ता नगर्ने भन्दै आएका छन् । हामीले धम्क्याएको भन्ने ओलीको बुझाई गलत र भ्रम सिर्जना गर्ने मात्र हो भन्दै सांसद चौधरीले भने आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार