सिफारिस बिना अक्सिजन बेच्न नपाउने मन्त्रालयको निर्णयप्रति अफिनको आपत्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:४४:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/mantalay-1_VXQIBwDHJg.jpg)
२६ बैशाख, काठमाडाैं । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणसँग लडाई लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल ‘अफिन’ले आपत्ति जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएपछि यसले निजी अस्पतालमा उपचाररत बिरामीहरु मर्कामा पर्ने अफिनले जनाएको हाे ।
मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै अफिनका महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदान बिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयका कारण चाहेर पनि बिरामी लिन नसक्ने अवस्था आउनसक्ने तर्फ चिन्ता व्यक्त गरेको छ ।
अहिले काठमाडौंका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएका मध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य भएको पनि अफिनले जनाएको छ ।
प्रेस विज्ञप्ती
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि निजी, सामुदायिक र गैरसरकारी अस्पतालमा मन्त्रालयको सिफारिस नभै अक्सिजन नदिनु भनी अक्सिजन उत्पादक संघ र कम्पनीहरुलाई गरेको पत्राचार प्रति हामी खेद व्यक्त गर्दछौं ।
मुलुक कोभिड संक्रमणबाट आक्रान्त भएको अवस्थामा सरकारी तथा निजी क्षेत्र, सबै पक्ष एक जुट भएर उपचार सेवामा लाग्नु पर्नेमा एकपक्षीयरुपमा स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनले सामुदायिक तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरुलाई हतोत्साहित गर्ने काम गरेको छ । साथै, स्वास्थ्य मन्त्रालयको सम्बद्धतामा सेवा प्रदान नगरेका कोभिड अस्पताललाई कोभिड उपचारमा अति आवश्यक मानिएको “Remdesivir” औषधि समेत आपूर्ति नगर्ने आदेशले कोभिड उपचार कार्यमा सँलग्न अस्पतालहरूलाई थप असहजता सृजना गरेको छ । अत्यावश्यक औषधि एवं प्राणवायु अक्सिजनको अभावमा निजी अस्पताललहरुले चाहेर पनि बिरामी थप बिरामी भर्ना गर्न नसक्ने अवस्थाको सृजना भएको छ ।
कोभिढ—१९ को पहिलो लहर देखि नै कोभिड उपचारमा फ्रन्टलाइनमै रहेर सेवा दिदैं आइरहेका निजी अस्पतालहरुको भूमिकालाई सबैले तारिफ गरेको तथ्य कसैबाट छिपेको छैन । महामारीको यस भयावह दोश्रो लहरमा सरकारी निजी भनेर बिभेद गर्नुको साटो राज्यले सरोकारवाला सबै पक्षलाई एकीकृत गरि विस्वासमा लिएर यस महामारी विरुद्ध युद्ध स्तरमा लाग्नुपर्ने वर्तमान समयमा परिस्थितीलाई झन जटिल नबनाउन हामी नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, COVID-19 Crisis Management Center (CCMC) लगायत सम्पूर्ण निकायहरूमा अनुरोध गर्दछौं ।
राज्यले गम्भीर भै आफ्नो पूर्व निर्णयहरू सच्याई समस्याको समाधान तत्काल नगरेमा त्यसबाट उत्पन्नहुने कुनै पनि प्रतिकूल परिणामको सम्पूर्ण दायित्व पनि राज्यले नै व्यहोर्नु पर्ने कुरा हामी विनम्रतापूर्वक निवेदन गर्दछौं । साथै, उक्त समस्या समाधानको लागि आवश्यक छलफल गरि समस्या समाधान गर्ने तर्फ अग्रसर भै दिन पूर्व मेचि देखी पश्चिम महाकालीसम्म फैलिएका दुई सय भन्दा बढी निजी अस्पतालहरुको छाता संगठन (अफिन) हार्दिक आह्वान गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार