जसपाले सांसदहरुलाई ह्वीप लगाएन, तटस्थ बस्ने वा विपक्षीमा मत हाल्न पाउँने
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार १:२०:२३
२६ बैशाख, काठमाडौं । जनता समाजवादी दल ‘जसपा’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा आफना सांसदहरुलाई स्वविवेकको अधिकार प्रयोग गर्न पाउने निर्णय गरेको छ । यस निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत हासिल गर्ने संभावना सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न बताउँदै आएका जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो समुह नै तटस्थ बस्ने निर्णय गरेसँगै प्रधामन्त्रीले विश्वासको मत पाउने संभावना सकिएको हो ।
आज बसेको जसपाको पदाधिकारी बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ । कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए । तर त्यसलाई संच्याउँदै उपेन्द्र यादवले स्वविवेक प्रयोग गर्न पाउने निर्णण गराएका छन् ।
यो निर्णयसँगै जसपा सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । यो निर्णयसँगै जसपाका सांसदहरु कि तटस्त बस्नु पर्छ या विपक्षमा मतदान गर्नुपर्ने भएको छ ।
तर उपेन्द्र यादव पक्ष प्रधानमन्त्री ओलीको विरुद्ध उभिने बताउँदै आएको छ। आजको निर्णयबाट ठाकुर र महतो समेत तटस्थ रहने भएका छन् । यो विषय प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई विहान नै जानकारी गराएका थिए । यादवको पक्षमा दुई दर्जनभन्दा बढी सांसदहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार