भैरवनाथ गणद्धारा विराटनगरमा ७५ बेड क्षमताको होल्डिङ्ग सेन्टर निर्माण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार २:११:४
![](https://nepalbahas.prixacdn.net/media/albums/jersab_XN8TzfJzgn.jpg)
२६ बैशाख, विराटनगर । दुई दिनको छोटो अवधिमा नेपाली सेनाको भैरवनाथ गणले मोरङको विराटगरमा ७५ बेड क्षमताको होल्डिङ्ग सेन्टर निर्माण गरेको छ ।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा मुलुककै विभिन्न ठाउँसहित भारत लगायतका देशबाट समेत आउने नेपालीहरुलाई तोकिएको समयसम्म राख्नका लागि होल्डीङ सेन्टर निर्माण गरिएको हो ।
विराटनगर महानगरपालिका वडा नं. १४ का रमेश यादवको घर भाडामा लिएर निर्माणका थालेको दुई दिनमा नेपाली सेनाले निर्माण सम्पन्न गरेर आइतवारदेखि सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायकरथी चोकबहादुर ढकालको समन्वय र निर्देशनमा भैरवनाथ गणले होल्डङ्ग सेन्टर निर्माण सम्पन्न गरेको हो ।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा नेपालका अधिकांश ठाउँमा निषेधाज्ञा जारी रहेको समयमा भारतसहित अन्य कुनै ठाउँबाट आउने व्यक्तिहरुलाई अहिलेको अवस्थामा घर जान ग्राहो पर्ने भएकोले होल्डिङ्ग सेन्टर संचालनमा ल्याएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी गणेश रावलले बताए ।
त्यसैगरी नेपाली सेनाको सक्रियतामा विराटनगर जुट मिलमा एक हजार बेड क्षमताको होल्डिंग सेन्टरसहित आईसोलेशन पनि निर्माणको तयारी भएको गणपति रावलले जानकारी दिए ।
होल्डिङ्ग सेन्टरमा नेपाल सरकारले अपनाउन भनिएका सम्पुर्ण स्वास्थ्यका मापदण्ड अपनाएको छ भने यहाँ आउने सर्वसाधारणका लागि खाना र बस्नका लागि राम्रो प्रबन्ध गरिएको समेत जनाइएको छ । होल्डिङ्ग सेन्टरको समग्र सुरक्षा र व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।
योसँगै भैरवनाथ गणले कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शव व्यवस्थापनका लागि दुई वटा टोली बनाई काम गर्दै आएको छ। यस क्रममा सेनाले विराटनगरमा आजसम्म १८ वटा शव व्यवस्थापन गरिसकेको जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार