कोरोनाबाट देशभर ६५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार ४:३५:५०
२६ बैशाख, काठमाडौं । कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न ११७ जना पत्रकार संक्रमित भएका हुन् ।
महासंघका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ३० जना र कर्णाली प्रदेशमा ३० जना तथा उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा ११ जना संक्रमित भएका हुन् । संक्रमति पत्रकारमध्ये ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ ।
अग्रभागमा खटिने पत्रकार नै अत्याधिक संक्रमित हुन थालेपछि पत्रकार महासंघले महासंघको केन्द्रीय कार्यालयमै १० बेडको आइसोलेसन सेन्टर बनाएको छ भने ५ बेडमा अक्सिजन समेतको व्यवस्था गर्न लागेको छ । महासंघका अनुसार आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार