चितवनमा छ कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:९:३६
२७ बैशाख,चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् ।
भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः१० बजे मृत्यु भएको हो ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना पुष्टि भएसँगै २४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज बिहान ३ः०० बजे मृत्यु भएको हो ।
नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते चितवन मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३५ बजे मृत्यु भएको हो ।
यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३० बजे मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार