एमालेमा नेपाल पक्षले पार्टी ह्वीप नमान्ने, मतदान बहिस्कार गर्ने निर्णय
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:२१:१
२७ बैशाख, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी ह्वीप नमान्ने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिई मतदान बहिस्कार गर्ने निर्णय गरेको छ । सिंहदरवारमा भर्खरै सम्पन्न नेपाल पक्षको बैठकले पार्टी ह्वीप नमान्ने, मतदान बहिस्कार गर्ने निर्णय गरेको हो ।
यसअघि राजीनामा दिने बताउँदै आएको नेपाल पक्षले अन्तिम समयमा आएर मतदान प्रक्रियामा सहभागी नहुने र बैठक नै बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भीम रावलले जानकारी दिए । नेपाल पक्षको यो निर्णयसँगै ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ ।
नेपाल पक्षले बैठकमा सहभागी नहुने र पार्टी ह्वीप उल्लङ्घन गर्ने निर्णय गरेसँगै पार्टी प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन क्षम्य नहुने र कारवाही गरिने बताएका छन् । नेपालबहससँग कुरा गर्दै भट्टराईले ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने र यो गंभीर अपराध भएको बताए । ‘संसदीय व्यवस्थामा ह्वीप उल्लङ्घन गम्भीर अपराध हो । ह्वीप उल्लङ्घन क्षम्य हुँदैन । त्यसमा पार्टीले आफ्नो विधि, विधान र कानुन अनुसार कारबाहीको आवश्यक निर्णय लिन्छ ।’ भट्टराईले भने ।
आज बिहानमात्र प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल- नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका थिए । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत छलफलको लागि आह्वान गरेका छन् ।
“यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं । ओलीले ट्वीटरमा उल्लेख गरेका छन् ।
परिवर्तित घटनाक्रम बीच संसद बैठक केही समय पर सर्न सक्ने आंकलन गरिएको छ । बैठक १ बजेका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार