माधव पक्षको निर्णयपछि ओलीको आह्वान
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:५०:४३
२७ वैशाख, काठमाडौं । माधव नेपाल पक्षका सांसद्हरुले आजको संसद बैठकमा अनुपस्थित रहने निर्णय लिए लगत्तै प्रधानमन्त्री केपी ओलीले हतारोमा कुनै अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् ।
असन्तुष्ट खेमाका सांसद्हरुलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत छलफलका लागि आह्वान समेत गरेका हुन् । आपसी मतभेद र असन्तुष्टी भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै हतारोमा कुनैपनि अनुचित निर्णयमा जान बाञ्छनीय नहुने प्रष्ट पारेका छन् ।
साथै, आज १ बजे हुने मतदानमा सबैलाई पक्षमा मत हाल्नसमेत उनले ध्यानाकर्षण गराएका छन् । यसअघि नेकपा माधव समूहका २२ जना सांसद्हरु भेला भई पदबाट राजीनामा दिने सम्बन्धमा छलफल गरेका थिए ।
छलफलमा भएको सहमति अनुसार, आजको बैठकमा सहभागी पनि नहुने र राजीनामा पनि नदिने सहमति भएको छ । यसबारे नेता भीम रावलले सञ्चारकर्मीलाई बताएका थिए । ओलीको आह्वान लगत्तै माधव पक्षका दुई जना सांसद् भने बैठक हलबाट बाहिरिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार