अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि दैनिक उपचारमा समस्या
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:८:७
२५ वैशाख, धादिङ । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ ।
नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए। पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ ।
अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले आइसोलेशनमा भने सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ । यस्तै आइसोलेशनमा एकजनाको मृत्यु भएको छ ।
अस्पतालबाट सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । निलकण्ठ नगरपालिका–२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । एकसाताअघि आइसोलेशनमा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार