डोटीमा असिनाले तरकारी तथा फलफूलमा क्षति
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:४५:३२
२७ वैशाख,डोटी । जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।
उनका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालिनाली पनि क्षति भएको बताइएको छ ।
वर्षभरिको नगदेबालीका रुपमा लिइँदै आएका अदुवा, बेसार, सुन्तला, आप, मौसमी र सुन्तलाका दाना असिनाले झराएपछि किसान निरास भएको बडिकेदारका स्थानीयवासी तथा सञ्चारकर्मी यम चन्दले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार