विश्वासको मत लिनुपर्ने कारण स्वयं ओलीः देउवा

नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:४३:२४

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पेश गरेको विश्वासको मतमा मतदान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न उठाए–दुई तिहाईको सरकारले विश्वासको मत लिने अवस्था किन आयो ?
प्रतिनिधिसभामा बोल्ने क्रममा उनले भने–पाँच वर्षका लागि बहुमत पाएको सरकारले तीन वर्षमै किन विश्वासको मत लिनुपरेकाे भनेर आफैं समीक्षा गर्नुहोस् । सरकार बनेदेखि नै निरंकुततातर्फ अग्रसर भएको आरोप लगाउँदै ओलीको कार्यकालमा धेरै भ्रष्टाचार काण्डहरु घटेको स्मरण गराए । यो अवस्था किन र कसरी आयो ? तपाईंकै दम्भ, भ्रष्टाचार र कुसाशनले हैन ? देउवाको प्रश्न थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै देउवाले सरकारकाे तीन बर्षको समिक्षा गर्दा प्रधानमन्त्री ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताए । प्रधानमन्त्रीको अंक गणतीय दम्भ, राजनीतिक ब्यवस्थामा कुसाशनका कारण यो अवस्था सृजना भएको भन्दै देउवाले प्रधानमन्त्री ओलीको कडा आलोचना गरे ।
आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्दै आएको त्यसका लागि दलले आलोचना समेत खेपेको भन्दै नेता देउवाको कोभिडको महामारी अवस्था आउनुमा सरकार पूर्णजिम्मेवार रहेको बताए ।
‘संक्रमण बढिरहेको बेला तामझामसहित धरहरा उद्घाटन गर्न जाने प्रधानमन्त्रीको गैरजिम्मेवारीको नमुना हो । जनताको जीवनरक्षा गर्नुपर्ने बेलामा सरकार खोप र औषधिमा भष्ट्रचारका गरेर सरकार उदाङ्गो भएको छ । व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्रीले जनताको जीवनलाई दाउ लगाउने काम भयो’ । देउवाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार