डीआईजी र एसपीको नाममा बालुवा र गिट्टी तस्करीको लाईन दिएर रकम असुल्दै थापा
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १८:६:३५
२८ बैशाख, बीरगञ्ज । पर्साको ग्रामीण भेग पटेर्वासुगौली गाँउपालिकाबाट पुनः गिटी र बालुवाको तस्करीमा वृद्धि भएको छ । पटेर्वासुगौली स्थित पथरैया प्रहरी चौकीका ईन्चार्ज रामकाजी थापाको मिलोमतोमा भलुआही खोलाबाट गिटी र बालुवाको व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् ।
लकडाउन भएपनि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाले घुमुवा परिचालन गरि पर्साको ग्रामीण भेगमा रहेको मानवा, बडहनियार ,एकटंगा ,रङ्गपुर ,पथरैया लगाएतका बजारहरु अवैध रुपले संचालन गरी मदिरा भट्टीका पसलहरुबाट समेत रकम असुल्ने गरेको नाम नछाप्ने शर्तमा एक पसल संचालकले बताएका छन् ।
प्रहरी निरीक्षक थापाले ठेकेदारसँग मोटो नजराना बुझी तस्करीको लाईन खुल्ला गरेको स्थानीयले आरोप लगाएका छन् । अवैध उत्खन्न र गिटी बालुवाको संरक्षणको जिम्मा पाएको सुरक्षाकर्मी नै गिटी र बालुवा तस्करलाई सहयोग गर्न थालेको देखेर स्थानीय चकित बनेका छन् ।
दिनँहु दर्जन भन्दा बढी ट्याक्टरले भलुआही खोलाबाट अवैध रुपमा गिटी र बालुवा उत्खन्न गरेर लगेपनि प्रहरी चौकी मौन बसेको एक स्थानीयले बताए । स्थानीयले ठेकेदार र प्रहरी निरीक्षक थापाको मिलेमतोमा नै बालुवा र गिटीको तस्करीमा वृद्धि भएको हो ।
त्यसैगरि पर्साको ईलाका प्रहरी पटेर्वा सुगौलीको संरक्षणमा अहिले तीब्र रुपमा लागुऔषध र भैसी लगायतका अवैध सामानहरुको तस्करी भइरहेको छ । यस्ता गतिविधितर्फ संबन्धित निकायको ध्यान जान यति आवश्यक देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार