पाँचथरमा दिनहुँ थपिँदै कोरोना संक्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १९:१४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-2_XVv7IGuSpn.jpg)
२८ वैशाख,पाँचथर । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका संक्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा संक्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ संक्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच संक्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिए । फिदिममा यसअघि भेटिएका संक्रमितहरूको कन्ट्याक्ट टे«सिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।
यता याङवरकमा सोमबार एकै दिन सात जनामा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक–४ थर्पुमा पाँच र याङवरक–२ फलैँचामा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो । सोमबार नै थप सात जनाको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ ।
यद्यपि जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ दैनिक रिपोर्टअनुसार एकजना संक्रमित निको भएका छन् भने एक उपचारमा छन् । बाँकी सबै होम आइसोलेशनमा छन् । कार्यालयले रिपोर्टमा कूल संक्रमितको सङ्ख्या ४० उल्लेख गरेको छ । सोमबार नै ४ बजेभन्दा पछि याङवरकमा सातजना संक्रमित थपिएका हुन् । गत आइतबार मात्रै पाँचथरमा १७ जना संक्रमित थपिएका थिए ।
संक्रमितको सङ्ख्यामा वृद्धि भएसँगै आजदेखि पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ । बिहान ९ बजेसम्म सदरमुकाम फिदिममा सार्वजनिक सवारीका साधन ठप्प प्रायः देखिएका छन् । निर्माण कार्यमा प्रयोग भएका सवारी भने सञ्चालनमा देखिएका छन् । बिहान ५ देखि ९ बजेसम्म अत्यावाश्यक सेवाका पसल तथा सेवा खुल्ला गरिएअनुसार पसल खुलेका छन् भने सडकमा सर्वसाधारणको उपस्थिति सामान्य छ । आजदेखि शुरु भएको निषेधाज्ञा एक साताका लागि जारी गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार