उपप्रधानमन्त्रीद्धारा आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टरको निरीक्षण
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २१:४२:५३
२८ बैशाख, काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार ‘आज’काठमाडौं बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ को निरीक्षण गरेका छन् ।
निरीक्षणकै क्रममा उनले तत्कालै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डाक्टर शङ्करदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन भने । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै हप्तापछि नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तत्काल ८८ शय्या ‘बेड’ को अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकताअनुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
आइशोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाण्डौ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।
काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना सङ्क्रमितहरुको उपचार गर्ने सोच बनाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्ट्रार महासेनानी डा.सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार