४ सय अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर वाईडबडी नेपाल आईपुग्यो
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:६:५८
२८ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी A330 विमान चीनको राजधानी बेइजिङ गएर करिब ३० टन अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर भर्खरै काठमाडौं अवतरण गरेको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको २० हजार थान अक्सिजन सिलिण्डर मध्ये हाल तयार भएको ४ सय अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर लिएर काठमाडौं आईपुगेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नेपालबहसलाई जानकारी दिएका छन् ।
४ जना पाईलटसहित चालक दलका १४ जना सदस्यहरू, उडानमा संलग्न ग्राउण्ड स्टाफहरू, बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरू, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सबैलाई महाप्रबन्धक पौडेलले धन्यवाद दिएका छन् ।
यसपछि पनि बाँकी सामान तयार हुनासाथ तुरून्त जान सकिने गरि निगमलाई तयारी अवस्थामा राखिएको उनले बताए । कोरोना संक्रमणको अप्ठ्यारो अवस्थामा निगमले देशको सेवा गर्नु आफ्नो कर्तव्य ठानेको बताउँदै महाप्रबन्धक पौडेलले भने, “दुईजना नेपाली नागरिकको पनि ज्यान बचाउन सकियो भने निगमले आफूलाई भाग्यमानी ठान्नेछ ।”
यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत रहेने छ । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार