कमजोर हिमालयन बैंकको इन्भेष्टमेन्ट बैंकसँग मर्जर, दशरथ प्रवृत्तिले इन्भेष्टमेन्ट बैंकका शेयरधनीलाई झट्का
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
बैशाख २८, २०७८ बुधबार ०:३६:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/HBL-VS-NIBL-BANK-bahas_AdGvswxuZv.jpg)
२८ बैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जमा गएर पुँजीका हिसाबमा निकै ठूलो बैंक बनेपश्चात नेपाली बैकिङ बजारमा बाणिज्य बैंकहरु मर्जरमा जानुपर्ने बाध्यता आएको जस्तो अवस्था देखिएपनि मर्जले खोजेको सिर्नजी भने प्राप्त हुन सकेको छैन् ।
तैपनि एकथरी बैंकरहरु मिडियामार्फत बिग मर्जको हल्ला चलाएर खेती गर्नमै व्यस्त छन् । ठूलो बैंक बनेपश्चात प्राप्त हुनुपर्ने सिर्नजी, आक्रामक व्यापार विस्तार तथा कर्मचारीहरुमा उत्साह र उर्जा विपरित सबै पक्ष उल्टो गतिमा देखिन थालेको छ ।
यसै मेसोमा पछिल्लो समय बिग मर्जको नजिकै पुगेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि एक हुन् । बजारमा चलेको हल्ला, विभिन्न मिडिया र बैंक स्रोतका अनुसार दुई बैंकहरु एक बराबर एकको स्वापमा मर्जरमा जादैछन् । अन्य महत्वपूर्ण धेरै कुराहरु भने अझै मिलाउन बाँकी नै छ ।
दुई बैंक मर्जरमा जानुपर्ने कारण के थियो ?
नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा मर्जरमा जानुपर्ने दवाव हिमालयन बैंकलाई थियो । खराब कर्जा बृद्धिले केही समय इन्भेष्टमेन्ट बैंकलाई समस्या आएपनि त्यसमा सुधार ल्याउँदै उसले अहिले राम्रो व्यापार राम्रै गर्दै आएको छ । तर हिमालयन बैंकको अवस्था भने दिन प्रतिदिन घट्दो क्रममा रहेको छ । यसैबीच आफ्नो नाम जोगाउन पनि हिमालयन बैंकलाई जसरी पनि मर्जरमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको ब्राण्ड अहिले संकटमा परेको छ भने अझै केही वर्ष एक्लै अघि जाँदा नेपालकै कमजोर वाणिज्य बैंकको रुपमा हिमालयन बैंक रहने आंकलन गर्न सकिन्छ ।
हिमालयन बैंकका संस्थापक शेयरधनी व्यापारिक घराना बीचको टकराव तथा उच्च व्यवस्थापनको कारणले गर्दा बैंकको वित्तीय स्वास्थ्य निकै नराम्रो हुँदै आएको छ । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रथम गर्भनर हिमालयन शमशेर राणाका छोरा अशोकशमशेर जबरा लामो समयदेखि कार्यरत छन् । हिमालयन बैंकको स्थापना नेपालका प्रथम गर्भनर हिमालय शमशेर राणाको पहलमा भएको थियो । अहिले भने उनी संचालक समितिको सल्लाहकारको रुपमा कार्यरत छन् ।
हिमालयन बैंकमा हबिब बैंकको सर्वाधिक २० प्रतिशत संस्थापक शेयर छ भने दोस्रोमा कर्मचारी संचय कोषको १४ प्रतिशत शेयर स्वामित्व छ । तर पनि हिमालय शमशेरको बैंकमा निकै राम्रो पकड छ । यसैको कारणले गर्दा उच्च व्यवस्थापनको दिन प्रतिदिन असफलताका कहानी हुँदाहुँदै, बैंक दिन प्रतिदिन कमजोर हुँदै गर्दा पनि संचालक समितिले उच्च व्यवस्थापनलाई कुनै एक्सन लिन सकेको छैन् ।
त्यसैले पनि हिमालयन बैंकलाई अन्य बैंकसँग मर्जरमा जान सजिलो थिएन । आफु भन्दा धेरै कान्छा बैंकहरुले पनि हिमालयन बैंक भन्दा राम्रो व्यापार गर्दै आएकोमा अरु बैंकसँग मर्जरमा जाँदा स्वापमा समस्या हुने, अशोक राणालाई प्रमुख कार्यकारी अधिकृत नपत्याउने अवस्था र हिमालयन बैंकको नाम नै नरहला की भन्ने समस्या थियो । हिमालयन बैंकसँग एक मात्र विकल्प थियो, नेपाल इन्भेष्टमेन्ट बैंक ।
हिमालय शमशेर र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे बीच पारिवारिक सम्बन्ध छ । हिमालयन शमशेरका छोरीज्वाई हुन् पृथ्वीबहादुर पाँडे । पारिवारिक कारणले गर्दा मात्र यो मर्जरको प्रक्रिया अघि बढेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंक आजको दिनमा १६ अर्ब पुँजी भएको बैंक हो । पुँजीका हिसाबले नेपाल इन्भेष्टमेन्ट बैंक टप ५ भित्र पर्ने गर्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरमा जाँदा हिमालय शमशेरलाई दुई कुरा जोगाउन निकै सहज छ । आफ्नै ज्वाईको बैंकसँग मर्जरमा जादाँ एक त आफुले स्थापना गरेको बैंकको नाम बच्ने र अर्को छोरा अशोक राणाको करियर ।
स्वाप एक बराबरको एकको चर्चा :
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुँदाएक बराबर एकको स्वापमा जान प्रयास भैरहेको चर्चा सुनिदै आएको छ। कम्पनीको व्यापार, आम्दानी, नेट्वर्थ हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंक हिमालायन बैंक भन्दा धेरै माथि रहेको छ । तर डीडीए प्रतिवेदनमा भने नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा हिमालयनको धेरै मूल्य आएको बताइएकाे छ । याे कसरी भयाे ,शेयरधनीहरू बीच खुल्दुली चलेकाे छ ।
मर्जरमा दशरथ प्रवृत्ति :
हिमालयन बैंकको दिन प्रतिदिन घट्दो व्यापार पछाडीको मुख्य जिम्मेवारी हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा नै हुन् । बैंकको घट्दो व्यापारको जिम्मा प्रमुख कार्यकारी अधिकृत कै हुन्छ । सानो पुँजी भएकाे र कमजोर बैंकका प्रमुख कार्यकारीलाई मर्जरपश्चात बन्ने ठूलो बैंकको पुन प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिँदा बैंक भित्रको माहोल राम्रो हुने अवस्था छैन ।
भाेलिका दिनमा नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापन बीच आउने टकरावले बैंकलाई राम्रो गतिमा लग्न अप्ठेरो पार्न सक्छ । सफल प्रमुख कार्यकरीलाई साईड लगाएर पारिवारिक स्वार्थमा अघि जाँदा मर्जर पश्चात बन्ने बैंकको भविष्य के भन्ने विषय अन्योलता रहने छ । दशरथले सही गलत थाहा हुँदा हुँदै एक व्यक्तिको लागि मात्र निर्णय लिँदा राम जङ्गल जानु पर्यो, रावण सँग ठूलो लडाई भयो । त्यस्तै अवस्था नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरपश्चात देखिने सम्भावना छ।
हबिबलाई निल्नु र ओकल्नु :
हबिब बैंकको हिमालयन बैंकमा २० प्रतिशत लगानी रहेको छ । हिमालयन बैंकमा सबैभन्दा धेरै लगानी नै पाकिस्तानको हबिब बैंकले गरेको छ । बैंकको ठूलो निर्णयमा हबिब बैंकको स्थान कम हुनु, बैंकले राम्रो प्रदर्शन गर्न नसक्नुले पनि अब हबिब बैंक शेयर बेचेर निस्किन खोज्दैछ । अहिलेको हिमालयन बैंक र हिमालायन बैंकको व्यवस्थापन हबिबका लागि निल्नु र ओकल्नु भएको छ ।
कस्तो छ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंककाे वित्तीय अवस्था ?
नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड मात्र रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको संचित मुनाफा १ अर्ब १४ करोड रहेकोमा हिमालयन बैंकको संचित मुनाफा १ अर्ब ४७ करोड रहेको छ । जगेडाकोष हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडामा १२ अर्ब ९४ करोड हुँदा हिमालयन बैंकको जगेडामा जम्मा ६ अर्ब १९ करोड मात्र छ । प्रतिशेयर नेट्वर्थ हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर नेट्वर्थ १८६ रुपैयाँ छ भने हिमालयन बैंकको १७१ रुपैयाँ मात्र छ । यसरी किताबी मूल्यमा नेपाल इन्भेष्टमेन्ट बैंक नै धेरै अघि रहेकाे छ।
व्यापारमा नेपाल इन्भेष्टमेन्ट बैंक निकै तगडा : नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले १ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ ।
आम्दानीमा पनिनेपाल इन्भेष्टमेन्ट बैंक धेरै अघि :
इन्भेष्टमेन्ट बैंकले तेश्रो त्रैमाससम्म ४ अर्ब २९ करोड खुद व्याज आम्दानी गर्दा हिमालयन बैंकले २ अर्ब ७१ करोड मात्र खुद व्याज आम्दानी गरेको छ। समिक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको व्याज आम्दानी ५ प्रतिशतले घट्दा हिमालयन बैंकको २९ प्रतिशतले घटेको छ।
त्यस्तै खुद मुनाफाको कुरा गर्दा तेश्रो त्रैमाससम्म इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड खुद मुनाफा गरेकोमा हिमालयन बैंकले १ अर्ब २८ करोड मात्र खुद मुनाफा गरेको छ । इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा समिक्षा अवधिमा १४ प्रतिशतले वृद्धि हुँदा हिमालायन बैंकको मुनाफा भने ४४ प्रतिशतले घटेको छ । वितरणयोग्य मुनाफा इन्भेष्टमेन्ट बैंकको ४६० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३८ करोड पुग्दा हिमालयन बैंकको मात्र २ प्रतिशतले वृद्धि हुँदै ८४ करोड ७६ लाख पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ हुँदा हिमालयन बैंकको जम्मा १६ रुपैँया छ । इन्भेष्टमेन्ट बैंकको एक मात्र समस्या भनेको बैंकको खराब कर्जा हो । बैंकको खराब कर्जा २ दशमवल ३२ प्रतिशत रहेको छ । तर त्यो प्रतिशत पनि विस्तारै घट्दै गएको देखिन्छ।
एक बराबर एकको मर्जरमा जानु भएको नेपाल इन्भेष्टमेन्टलाई धोका जस्तै हो । वित्तीय रुपमा आफु भन्दा निकै कमजोर हिमालयन बैंकसँग मर्जरमा जाँदा मर्जरपश्चात इन्भेष्टमेन्ट बैंकलाई अप्ठेरो पर्ने देखिन्छ । हिमालयन बैंकलाई मर्जर पश्चात काईदा नै हुने देखिन्छ । समान स्वापमा आफुभन्दा निकै बलियो बैंकसँग मर्जरमा जाँदा त्यो भन्दा धेरै खुशी अरू के हुन सक्छ र ?
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको आधारमा गरिएको वित्तीय विवरण :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ
फागुन ५, २०८१ सोमबार