खोप खरिदका लागि कमिशन दिएका छैनौं, लिएका पनि छैनौं: त्रिपाठी
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:३६:२९
२८ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन् । उनले खोप खरिदमा कमिशन नदिएको र आफूले पनि नलिएको बताएका हुन्।
स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले खोपका विषयमा धेरै हल्ला भएको बताए। मन्त्री त्रिपाठीले भने, ‘म स्पष्ट पार्न चाहन्छु– खोप खरिदका लागि कसैलाई एक पैसा कमिशन दिएका छैनौं र लिएका पनि छैनौं।’
खरिद गरको २० लाख डोजमध्ये १० लाख डोज आएको जानकारी उनले दिए । भारतको खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटमा आगलागी भएको र भारतमा पनि संक्रमण बढेकाले बाँकी खोप ल्याउन ढिलाइ भएको उनको भनाइ छ ।
मन्त्री त्रिपाठीले भने, संसदमा पनि कुरा उठ्यो । बोल्न त बोल्नुस् । कुनै तथ्य बिना नबोल्नुस्, बरु तथ्याँक चाहिए हामी उपलब्ध गराउँछौं। उनले एक डोजको चार डलरभन्दा कम मूल्यमा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार रहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार