स्याङ्जामा १२ दिनमा कोरोनाबाट १८ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २३:३३:४३
२८ वैशाख, वालिङ । कोरोना संक्रमणबाट स्याङ्जामा १२ दिनमा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखि हालसम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार १३ जना पुरुष र ५ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो कोरोना संक्रमणबाट २१ ज्यान गुमाएका थिए । स्याङ्जामा दोस्रो लहरको संक्रमण शुरु भएको एक महिनामै मृतकको संख्या बढ्नुले जिल्लाबासीमा त्रासको वातावरण सिर्जना भएको छ ।
११ स्थानीय तह रहेको स्याङ्जामा सबैभन्दा बढी संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा निधन भएको छ । गल्याङमा संक्रमितको संख्या थोरै भएपनि मृत्यु हुनेको संख्या भने अन्य पालिकाको भन्दा बढी रहेको छ भने वालिङमा संक्रमितको संख्या अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ । संक्रमितको संख्यामा वालिङ पछिको पुतलीबजार र चापाकोट नगरपालिका रहेका छन् ।
जिल्लामा हालसम्म ६ सय २८ संक्रमित संख्या पुगेको छ । तीमध्ये १६ जनाले कोरोना संक्रमण जितेर निको भएको जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिए । गतबर्षको भन्दा संक्रमणको दर यो पटक दोब्वर रुपले बढ्दै गएकाले सबैलाई सुरक्षित भएर घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गतबर्ष ८ महिनामा करिव ९ सय संक्रमित भएको जिल्लामा यो पटक बैशाख महिनामै ६ सय २८ संक्रमितको संख्या पुग्नुले समुदायमा भयावह स्थिति हुन सक्ने आकल स्वास्थ्य विज्ञहरुको छ ।
जिल्लामा मृत्यु भएका मध्ये १६ जनाको पोखरा र २ जनाको जिल्लामै निधन भएको छ । जिल्लामै निधन भएका संक्रमितको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ । कुन पालिकाका कति संक्रमित ११ पालिका मध्ये सबैभन्दा बढी संक्रमित वालिङ, पुतलीबजार र चापाकोटमा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार वालिङमा १ सय ९४, पुतलीबजारमा ८९ र चापाकोट ७८, भीरकोट नगरपालिकामा ५४ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी आँधीखोलामा १५, फेदिखोलामा ७, अर्जुनचौपारीमा १५, बिरुवामा १२, हरीनासमा ५, कालीगण्डकी गाँउपालिकामा २३ जनामा संक्रमण भएको छ । यसै गरी वालिङमा ९, पुतलीबजारमा ३, भीरकोट नगरपालिकामा १ र आँधीखोलामा १, फेदिखोला गाँउपालिकामा २ जना गरी १६ जना संक्रमणबाट निको भएका छन् ।
संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा उपचार भइरहेको छ भने केहीलाई स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्यले जनाएको छ । जिल्लाका सबै पालिकामा अहिले संक्रमणले छोएको छ । सबै पालिकाले नागरिकको स्वास्थ्य सुरक्षका लागि विभिन्न माध्यमहरु अपनाएर काम गरिहेका छन् । साह्रै समस्या आएमा पालिकाले निमार्ण गरेका अक्सिजन सहितको आइसोलेसनमा उपचार गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार